
कालीकाेट- पचालझरना गाउँपालिका ४ जारकाेटमा नदीमा नुहाउने क्रममा एक जना किशाेर बेपत्ता भएका छन् । नरहरीनाथ गाउँपालिका १ काेटवाडाका अन्दाजी १६ बर्षिया बिराज बिष्ट बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रमुख डिएसपी टेक बहादुर रावलले बताउनु भयाे । आफन्तकाे घरमा भेटघाटका लागि गएका बिष्ट बेपत्ता भएकाे खबर प्राप्त भएपछि प्रहरीले खाेजी गरी रहेकाे छ ।