मिति:- १९ जेष्ठ २०८२, आईतवार | समय:-
कर्णाली प्रदेशखेलकुदताजाखबरमुख्य खबरराष्ट्रियसमाचारस्थानीय

प्रदेश क्रिकेट संघकाे खेलाडी छनोटमा बिभेद्

कालीकोट– कर्णाली प्रदेश स्तरिय यु–१६ क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बिभ्द गरिएको पाइएको छ । जेष्ठ ३ गते देखि सुर्खेतको बिरेन्द्रनगरमा सुरु भएको क्रिकेट खेलमा कालीकोट उप बिजेता बनेको थियो । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा जेष्ठ १९ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने यू–१६ क्रिकेट खेलका लागि खेलाडी छनोट गर्दा बिभेद गरिएको जिल्ला क्रिकेट संघ कालीकोटले जनाएको छ ।

प्रदेश स्तरिय यु–१६ क्रिकेट खेलाडी छनोट प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत,रुकुम,सल्यान,दैलेख र कालीकोट जिल्लाले भाग लिएका थिए । खेलाडी छनोटमा उप–बिजेता बनेको कालीकोटबाट एक जनामात्र खेलाडी छनोट गरिएको छ ।

बिजेता जिल्ला सुर्खेत बाट ९ जना खेलाडी छनोट हुँदा उप–बिजेता जिल्ला कालीकोटबाट १ जना मात्र खेलाडी छनोट गरिएको छ । त्यस्तै रुकुम २,सल्यान २ र दैलेखबाट २ जना खेलाडी छनोट गरिएको छ । खेलाडी छनोटमा भएको तृटीका बिषयमा जिल्ला शाखा संग आवश्यक छलफल गरेर अगाडी बढ्ने कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker