सुरक्षित इन्टरनेट दिवसको २० औँ संस्करण मनाइँदै

काठमाडौं- सन् २०२३ को ७ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २० औँ संस्करण मनाइँदै छ । यस वर्षको थिम चाहिँ Want to talk about it? Making space for conversations about life online’ रहेको छ । यसको अर्थ चाँही जीवनका बारेमा कुरा गर्न र भावनाहरु अभिव्यक्त गर्न इन्टरनेटमा ठाँउ बनाँउ भन्ने हो । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
चाइल्डसेफनेट, बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेट प्रवर्द्धनमा समर्पित एक विशिष्टीकृत संस्था हो । चाइल्डसेफनेट का बारेमा थप बुझनका लागि www.childsafenet.org मा गएर हेर्न सकिनेछ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवस का उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो।
इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।
Hi there, I apologize for using your contact form,
but I wasn’t sure who the right person was to speak with in your company.
We have a patented application that creates Local Area pages that rank on
top of Google within weeks, we call it Local Magic. Here is a link to the
product page https://www.mrmarketingres.com/local-magic/ . The product
leverages technology where these pages are managed dynamically by AI and
it is ideal for promoting any type of business that gets customers from Google. Can I share a testimonial
from one of our clients in the same industry? I’d prefer to do a short zoom to
illustrate their full case study if you have time for it?
You can reach me at marketing@mrmarketingres.com or 843-720-7301. And if this isn’t a fit please feel free to email me and I’ll be sure not to reach out again. Thanks!
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.