मिति:- १३ असार २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका स्थानीय तहमा ४ अर्ब बढी बजेट

कालीकोट- जिल्लाका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । यसअघि आधाजसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेको थियो । यस बर्ष स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् ।

तीन नगरपालिका र ६ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कालीकोटकाले आर्थिक वर्ष ०८२/०८३ का लागि कुल ४ अर्ब ३८ करोड ८४ लाख ५१ हजार ३ सय ४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । आन्तरिक आय नभएका यहाँ स्थानीय तह संघ र प्रदेशको अनुदानमा निर्भर छन् ।


यहाँका ९ मध्य ४ स्थानीय तहले सोमबारसम्म गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् भने बाँकी ५ वटा स्थानीय तहले मंगलवार बजेट सार्वजनिक गरेको छन् ।
तिलागुफा नगरपालिकाले शिक्षक नियमित गर्न विद्यालयमा डिजिटल ईहाजिरीको व्यवस्था गर्ने नीति ल्याएको छ । नरहरिनाथ गाउँ पालिकाले मावि तहमा विद्यालय नर्स राख्ने घोषणा गरेको छ । त्यस्तै, नेपालकै अग्लो झरना रहेको पचाल झरना गाउँपालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नविनतम् योजना सार्वजनिक गरेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker