मिति:- ६ असार २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

हुम्लाकाे सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो

कालीकाेट- खार्पुनाथ गाउँपालिका-५ स्थित खार्पु हुँदै बग्रे चुवाखोलामा बेलिब्रिज निर्माण भएपछि हुम्लाकाे सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथिकाे बेलिब्रिज पुल नेपाली सेनाले ४५ दिनभित्रमा निर्माण गरेको हाे । पुल निर्माणपछि कर्णाली करिडोरले पूर्णता पाएको छ । पुल निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिएको थियो । अब कर्णाली करिडोर सिमकोट हुँदै चीनको सिमाना हिल्सासम्म गाडी चल्ने भएको छ । ‘पुल निर्माण भएपछि स्थानीबासीमा निकै उत्साह देखिएको छन् ।

पुल नहुँदा चीनबाट सामान ल्याउन बाध्य भएका स्थानीय व्यापारीलाई सहज हुने भएकाे छ । खार्पुमा पुल नहुँदा गाडीलाई डोरीले बाँधेर नदी तार्नुपर्ने बाध्यता हटेको छ । भारत र चीन जोड्ने त्रिदेशीय सडक सञ्जालले पूर्णता पाएकाे छ ।

हुम्लाका स्थानीयबासीलाई, व्यापार, स्वास्थ्य शिक्षा र प्रशासनिक सेवाकाे पहुँचका लागि अब लामो दूरीको यात्रा र पैदलयात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker