मिति:- १६ असार २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट- कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको गगने खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।

आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको हाे । अत्यधिक वर्षाका कारण पहिराे खसेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सेपेक्टर बिर बहादुर सुनारले बताउनु भयाे । उहाँका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेका छ ।

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग वर्षा लागे पहिरोले अवरुद्ध हुने समस्याले सास्ती हुने गरेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker