मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

रास्वपाका तीन मन्त्रीले राजीनामा बुझाए

काठमाण्डाै– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा दिएका छन् ।

आइतबार दिउँसाे बसेको रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन कायम गर्दै पार्टीकाे तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णयकाे थियाे । त्यसलगत्तै रास्वपाका तीन मन्त्रीले राजीनामा बुझाएका हुन् ।

सरकारमा उपप्रधान एवम् गृह मन्त्री रहनुभएका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button