कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
कर्णाली राजमार्गकाे गोठीभीरमा पहिराे, ठूला गाडी सञ्चालनमा रोक

कालीकाेट-कर्णाली राजमार्ग अन्तर्गत तिलागुफा नगरपालिका वडा नम्बर ६ गोठीभीरमा सडक भत्किएपछि प्रहरीले ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
शुक्रबार बिहान सडक भत्किएकाले ठूला गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएकाले सजगता अपनाउन अनुरोध गरेको कालीकाेटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो ।