कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
चट्याङ लाग्दा एकको मृत्यु पाँच जना घाइते

सुर्खेत- भेरीगंगा नगरपालिका–८ कुईरे भन्नेठाउँमा खेतमा रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । चट्याङ लाग्दा अन्य पाँच जना घाइते भएका छन्।
शुक्रबार स्थानीय बिर बहादुर थापाको खेतमा रोपाइँ गर्दै गर्दा चट्याङ परेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका डिल बहादुर शाहीको उपचारका क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको हो।
घटनामा परेर घाइते भएका १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन बिक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।