मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

म्यादी प्रहरीका लागि १० दिने तालिम सुरु

कालीकोटमा म्यादी प्रहरीका लागि १० दिने तालिमको सुरु गरिएको छ । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गर्नु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना गरेको हो । आइतबार आजै बाट म्यादी प्रहरीका लागि जिल्लाको आठ ठाउँमा तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी तथा प्रहरी निरिक्षक सुवराज बमले बताउनु भयो । उहाँका अनुसार प्रहरी गण मान्ममा ४ सय ९६ जना, इलाका प्रहरी कार्यालय थिर्पुमा ५४ जना, इलाका प्रहरी कार्यालय पचालझरनामा ५९ जना, इलाका प्रहरी कार्यालय रास्कोटमा १ सय ३ जना, इलाका प्रहरी कार्यालय कुमालगाउँमा १ सय ५ जना, प्रहरी चौकी पाद्मघाटमा ६० जना, प्रहरीचौकी खल्लागाडमा ७० जना र प्रहरी चौकी मेहमुडीमा ७८ जना  गरि कुल १ हजार २५ जनाका लागि तालिम संचालन गरिएको छ । महिला म्यादी प्रहरीका लागि भने प्रहरी गण मान्ममानै तालिम राखिएको छ । तालिम अवधि भर निर्वाचन स्वच्छ, शान्त र भयरहित वातावरणमा संचालन गर्न आवश्यक पर्ने आधारभुत कुराहरु सिकाइने छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker