मिति:- ३२ जेष्ठ २०८२, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

लेखापरिक्षण प्रतिवेदनः खाना र खाजामा मात्र ३८ लाख बढी खर्च

कालीकोट– यहाँको खाँडाचक्र नगरपालिकाको आर्थिक बर्ष २०८०÷२०८१ को लेखापरिक्षण प्रतिवदन अनुसार खाना तथा खाजामा ३८ लाख ४० हजार ७ सय २५ रुपैया खर्च गरेको छ । यो खर्च नगरपालिकाको आन्तरिक आयस्रोतको ७२ प्रतिशत हो ।

नगरपालिकाले १ सय १ जना करार र ज्यालादारी कर्मचारी नियुक्ती गरी २ करोड ९ लाख २१ हजार ८४ रुपैया भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस मध्य ५२ लाख ६६ हजार ८ सय अनियमित भएको महालेखाले जनाएको छ । नगरपालिकाले सवारी साधन मर्मतमा २९ लाख ९१ हजार १ सय ७७ खर्च गरेको छ ।

त्यस्तै नगरपालिकाले इन्धन खर्चका १९ लाख ३० हजार ६ सय ३ रुपैया खर्च गरेको छ । राष्टपती रनिङ्ग शिल्डमा ४७ लाख २१ हजार ५ सय ८४ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । रनिङ्ग शिल्डमा खर्च भएको मध्य ३१ लाख ५१ हजार २ सय ८६ अनियमित भएको प्रतिवेदनमा उल्लेख छ । मुद्दा मामिला खर्चमा नगरपालिकाले २४ लाख ७१ हजार ७ सय ३२ रुपैया खर्च गरेको छ ।

मुद्दा उच्च उदालत सुर्खेत जुम्ला इजलासमा थियो । तर बिल भरपाँई पेश गर्दा काठमाडौ देखि जुम्ला सम्मका पेश गरी भुक्तानी लिएको देखिएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker