मिति:- १ असार २०८२, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाजसूचना तथा बिज्ञापनस्थानीय

मोवाइल ब्यवसायी महासंघको जिल्ला शाखा गठन

कालीकोट– नेपाल मोवाइल ब्यवसायी महासंघको सुर्खेत जिल्ला शाखा गठन गरिएको छ । शनिबार बीरेन्द्रनगर सुर्खेतमा जिल्ला कार्य समितिका गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा कुसुम रावल, उपाध्यक्ष सोम प्रसाद पौड्याल, महासचिव रंङ्ग बहादुर शाही, सचिव नरेश शर्मा र कोषाध्यक्षमा नरेश प्रसाद जैसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सुशान्त रेग्मी, रविन केसी, इन्द्र बहादुर केसी, कृष्ण खड्का, भरत विसी, नगेन्द्र शाही, युवराज थापा, केशव ढकाल र मिलन केसी निर्वाचित हुनु भएको छ । सुर्खेत जिल्लामा रहेका मोवाइल ब्यवसायीहरुको हकहित र संरक्षणका लागि स्थानीय सरकार संगको समन्वयमा आवश्यक नीति नियम बनाउन पहल गर्ने उदेश्यले जिल्ला समिति गठन गरेको बताइएको छ ।

जिल्ला कार्य समितिले नविनतम प्रबिधिका नयाँ टेक्निोलोजी संग सम्बन्धीत मोवाइलहरुको बजार बिस्तार तथा खरिद बिक्रीमा जोड दिने नेपाल माेवाइल ब्यवसायी महासंघ  कर्णाली प्रदेश अध्यक्ष तथा ब्यवसायी भगत रावलले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker