मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालिकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइदै

कालीकोट– नौ महिना देखि पाँच बर्ष मुनिका १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । जिल्लाका नौ वटै स्थानीय तहका २ सय २७ खोप केन्द्र बाट दादुरा–रुबेला खोप लागाउने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक बहादुर महतले बताउनु भयो ।

महतका अनुसार जिल्लामा दुई चरणमा दादुरा–रुबेला खोप खोप लगाइने छ ।कुनै पनि खोप नलिएका र नियमित खोप छुटेका बालबालिकालाई पनि यस पटक खोप लगाइने भएको छ । खोप लागाउन आउदा सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनु पर्ने छ । पहिलो चरण अन्तरगत खाँडाचक्र र तिलागुफा नगरपालिका, नरहरिनाथ, पलाँता र महाबै गाउँपालिकामा फाल्गुण १३ देखि १५ गते सम्म संचालन गरिने भएको छ । त्यस्तै दोस्रो चरण अन्तगत रास्कोट नगरपलिका, पचालझरना, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकामा फाल्गुण १७ देखि १९ गते सम्म संचालन हुने भएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker