मिति:- १६ श्रावण २०८२, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कालीकोटको पचालझरना पर्यटकीय गन्तव्यकाे सूचीमा

कालीकोट- नेपालको सबभन्दा अग्लो भनिएकाे कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख पर्यटकीय गन्तव्य छनाेट गर्दा पचालझरना ६४ औं स्थानमा सूचीकृत गरेको हो ।

झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । पचालझरना कालीकोटको खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बीचमा पर्छ ।

पचालझरनामा बग्ने पानी चुलिमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ । कर्णाली करिडोरको लाफागाडबाट ३ घण्टाकाे उकालाे बाटाे कच्ची सडक हुदै पचालझरना पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुंगी पाइन्छन् । पचालझरनाकाे आसपासमा घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने स्थानीय महाजित ऐडीले बताउनु भयाे । यहाँ झरना मात्र छैन महत्वपूर्ण वन्यजन्तु पनि रहेका छन् ।  पर्यटकलाई खान, बस्न खार्दु गाउँका ५ घरमा होमस्टे सञ्चालन गरिएको गाउँपालिकाको उपाध्यक्ष अल्किना बमले बताउनु भयाे ।

समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको पचालझरना ३८१ मिटर अग्लो छ । नेपालकाे सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४ सय १५ मिटर रहेको प्राविधिक कुलप्रसाद न्यौपानेले बताउनु भयाे ।

०७३ को नयाँ संरचनामा साविकका बदालकोटको सिकु, खयरकोट, धमाली, राम्नाकोट र नानीकोट गाविस मिलाएर यहीको झरनाको नामबाट गाउँ पालिकाको नाम पनि पचालझरना राखिएको छ । गाउँपालिकाले ०७५ वैशाख ३ मा झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको केन्द्रमा महोत्सव आयोजना गरेको तत्कालीन गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयाे ।

पचालझरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । भारतको रूपैडियादेखि तिब्बतको हिल्सा जोड्ने कर्णाली करिडोर खुली सकेकोले मानसरोवर जाने पर्यटकलाई आकर्षित गर्न सके यस क्षेत्रका बासिन्दाको जीवनस्तर फेर्न सकिने गाउँपालिका अध्यक्ष देवजंग शाहीले बताउनु भयाे ।  पचालझरनाकाे प्रचारप्रसार र आवश्यक पूर्वाधार अझै पुग्न सकेको छैन ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker