क्यान इनफोटेक मेला २०२५ साेमबार सकिदै (फाेटाे फिचर)

काठमाडाै- बिहीबारदेखि काठमाडाैकाे भृकुटीमण्डपमा सुरु भएको आईटी क्षेत्रको प्रदर्शनी ‘क्यान इनफोटेक २०२५’ को साेमबार सकिदै छ । नविनतम् प्रविधिकाे अवलाेकन गर्नेहरुकाे भृकुटीमण्डपमा भिड लाग्न थालेकाे छ । क्यान महासंघले प्रविधिका क्षेत्रमा देखिएका समस्या, सम्भावना र चुनाैतीमा बिषममा छलफल, सेमिनार, बहस लगायतका कार्यक्रम गर्दै आएकाे छ ।
आर्थिक मन्दी र युवा पलायन अर्थात ब्रेन ड्रेनले अप्ठ्यारो परेको अवस्थामा सूचना प्रविधि क्षेत्रले आर्थिक मन्दीबाट देशलाई आर्थिक लयमा फर्काउन सक्ने कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) की अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताउनु भयाे । आईटी क्षेत्रमा १० वर्षमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने र ३० खर्बको निर्यात गर्ने सरकारकाे लक्ष्यलाई सँग सहकार्य गरेर अगाडी बढ्न क्यान महासंघ तयार रहेकाे उहाँकाे भनाइ छ ।
सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि सरकारले केही नीतिगत सुधार गर्न आवश्यक रहेको अध्यक्ष घिमिरेले बताउनु भयाे । वैदेशिक लगानी ऐन २०२१ संशोधन गर्नुपर्ने, ब्रोडब्यान्ड इन्टरनेटको कर पुनरावलोकन गर्नुपर्ने तथा पूर्वाधार सह प्रयोगका लागि आवश्यक निर्देशिका लागू गर्नुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइछ । सरकारले डेटा प्रोटेक्सन ऐन निर्माणलाई प्राथमिकता दिनुपर्ने र महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको डट एनपीसम्बन्धी नीति बनाउनु पर्ने उहाँले बताउनु भयाे ।
क्यान महासंघले आईसीटी क्षेत्रको प्रवर्द्धनका लागि आईसीटी स्ट्यान्डर्ड निर्माण, मेड इन नेपाल उत्पादन प्रवर्द्धन तथा नेपाललाई आईसीटी हबका रूपमा ब्रान्डिङ गर्ने लक्ष्य राखेको छ ।