सातौं तहको कागजपत्र बनाइ पेश गर्ने कर्मचारी छैठौं रहेको पुष्टी

कालीकोट– आफुलाई आफै अधिकृत स्तर छैठौ तहबाट सातौं तहमा बढुवा गरि पदस्थापन गर्ने कर्मचारी छैठौं रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले २०८१ माघ २२ गते प्रदेश लोक सेवा आयोगलाई लेखेको पत्रमा सातौं भएको भनिएका कर्मचारी छैंठौ तहको भएको उल्लेख छ ।

अधिकृत स्तर छैठाै तहमा कार्यरत अबिराज शाहीले गएको कार्तिक १४ गते आफुलाई आफै सातौं तहमा बढुवा तथा पदस्थापना गरि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएर निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका थिए । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाहीलाई कार्तिक ३० गते आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि जिम्मेवारी दिएको थियो । बिभिन्न संचार मध्यममा शाही छैठौं रहेकाे समाचार आएपछि मन्त्रालयले मंसिर ११ गते शाहीलाई दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो । तर मन्त्रालय दिएको जिम्मेवारी रद्द गरेपनि खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले पुस ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत भइ कामकाज गर्न जिम्मेवारी दिएका थिए । संघिय मालिका तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ बैसाख १० गते निमित्त प्रमुख प्रशासकीय अधिकृत भइ कामकाज गर्ने जिम्मेवारी दिएका प्रवलजंग शाहीलाइ हटाएर छैठौं तहका अबिराज शाहीलाई मेयर शाहीले निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने खोजेपछि खाँडाचक्र नगरपालिकामा समस्या र्सिजना भएको हो । अहिले सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि आर्थिक कारोवार हुन सकेको छैन । मन्त्रालयले पुस २३ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समुहमा रहेका सावन कुमार चौधरीलाई खाँडाचक्र नगरपालिकामा सरुवा गरे पनि अझै हाजिर भएका छैनन् । चौधरी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समुह रा.प तृतिय श्रेणीका शाखा अधिकृत हुन् ।