कालीकोट– तिलागुफा नगरपालिकाको वडा नं ३ लाई वालबिवाह तथा छाउपडी प्रथा मुक्त वडा घोषणा गरिएको छ । पालिकाले “वालवालिकाको उज्जवल भबिश्यको लागि वालविवाह उल्मुलन अभियान” संचालन गरेको मंगलबार फोइमहादेवमा आयोजित एक कार्यक्रमा बताइएको छ । “छाउपडी प्रथा हैन कुप्रथा हो” यसलाई सबै मिलि अन्त्य गरौं भन्दै कार्यक्रमका सहभागीले ¥याली समेत गरेको छन् ।
बिभिन्न दातृय निकायको सहयोग र सहास नेपालको सहजीकरणका तिलागुफा नगरपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको हो । नगर उपप्रमुख महेन्द्र बहादुर शाहीको प्रमुख आतित्थ्यता र वडा नं. ३ का अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षतामा वालविवाह र छाउपडी मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।