मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारस्थानीय

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मुत्यु

कालीकोट– जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत रुकुमपश्चिमको आठविस नगरपालिका १४ छेपारेमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । आठविस देखि रिम्ना तर्फ जाँदै गरेको भे २ त १६६८ नम्बरको ट्रयाक्टर सडक देखि अन्दाजी दुई सय मिटर तल भेरीनदीमा खसेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि ट्रयाक्टर चाकल आठविसकोट १४ का २२ बर्षीय विकास खड्का र बर्ष १८ का हरी आर्चायको घटना स्थलमै मुत्यु भएको छ । त्यस्तै ट्रयाक्टरमा सवार आठविसकोट १४ का २० बर्षीय चिन्ताराम शर्मा, बर्ष १८ का विकास पोख्रेल र सानीभेरी ४ बर्ष १६ का निसान बुढा घाइते भएका छन् । घाइतेहरुको मिसन अस्पताल चारजहारीमा उपचार भइरहेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button