मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्गको नाग्म–गमगडी सडक खण्ड अवरुद्ध

कालीकोट–शनिबार राती परेको हिमपातका कारण कर्णाली राजमार्ग अन्तरगत नाग्म–गमगडी सडक खण्ड अवरुद्ध भएको छ । हिमपात हुनेक्रम नरोकीएकाले सडक संचालन गर्न निकै कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले बताउनु भयो ।

मौषमा सुधार आउना साथ हिउँ हटाएर सडक खुलाउने तयारी भइरहेको उहाँले बताउनु भयो । मुगुको गमगडी बजारका लागि दैनिक उपभोग्य मालसामानहरु बोकेर सुर्खेत र नेपालगंगबाट गएका मालबहाक तथा सवारी साधानहरु नाग्म बजारमा रोकीएका छन् । सातमोड र बुलबुले तर्फको सडकमा धेरै हिउँ भरिएको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker