मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाजस्थानीय

कालीकोटमा दादुरा–रुवेला खोप लक्ष्य भन्दा तीन प्रतिशत बढीले लगाए

कालीकोट– नौ महिना देखि पाँच बर्ष मुनिका १७ हजार ९ सय ८० बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको छ । जिल्ला भर १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य सेवा कार्यालय कालीकोट लक्ष्य भन्दा ५ सय ४२ अर्थात ३.१ प्रतिशत थप बालिबालिकालाई खोप लगाएको छ । नौ वटै स्थानीय तहका २ सय २७ खोप केन्द्र बाट दादुरा–रुबेला खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख संकेत बिश्वकर्माले बताउनु भयो ।

 

दुई चरणमा संचालन गरिएको दादुरा–रुबेला खोप अभियानमा कुनै पनि खोप नलिएका र नियमित खोप छुटेका बालबालिकालाई खोजेर खोप लगाइएको महतले बताउनु भयो । दादुरा–रुबेला खोप अभियान सफल पार्न सहयोग गर्ने स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, पत्रकार र स्थानीय नागरिकलाई स्वास्थ्य सेवा कार्यालय कालीकोटले आभार सहित धन्याबाद ब्यक्त गरेको छ । खोप पहिलो चरण अन्तरगत खाँडाचक्र र तिलागुफा नगरपालिका, नरहरिनाथ, पलाँता र महाबै गाउँपालिकामा फाल्गुण १३ देखि १५ गते सम्म संचालन गरिएको थियो । त्यस्तै दोस्रो चरण अन्तगत रास्कोट नगरपलिका, पचालझरना, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकामा फाल्गुण १७ देखि १९ गते सम्म संचालन गरिएको जनाइएको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker