मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

डिजिटल सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया

कालीकोट- क्यान महासंघ जिल्ला शाखा कालीकोटले डिजिटल सेवा प्रवाहमा देखिएमा समस्या र समाधानका उपाय बिषयक एक दिने अन्तरक्रिया मान्ममा सम्पन्न गरेको छ । “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०८० को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

सरकारी कार्यालयका प्रमुख पत्रकार, उद्योग बाणिज्य संघ लगायतको सहभागीतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीले डिजिटल सेवा प्रवाह तथा राजश्व सम्बन्धी तालिम दिनु पर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जोरासिह माझीले सेवाग्राहीलाइ सहज सेवा प्रवाह हुने गरी डिजिटल सेवा प्रदान गर्न अनुरोध गर्नु भयो । क्यान महासंघ जिल्ला शाखा अध्यक्ष पवन बमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker