योगी नरहरिनाथकाे जीवनगाथा
काठमाडाै- योगी नरहरिनाथलाई नेपालका राष्ट्रगुरु भनिन्छ। योगी नरहरिनाथको जन्म वि.सं . १९७१ फागुन १७ गते बिहिवारका दिन कालीकोट जिल्लाको लालु गाउँ विकास समिती ( हाल को नरहरिनाथ गाउँपालिका ) मा भएको हो। योगी नरहरिनाथको पहिलेको नाम बालबीरसिह थापा रहेको थियो । उहाँको पिताको नाम ललितासिंह थापा र आमाको नाम गोरादेवी थापा थियो। योगी नरहरिनाथलाई पढ्नको लागि ९ वर्षकै उमेरमा जुम्ला चौधानास्थित चन्दननाथ भाषा पाठशालामा भर्ना गरिएको थियो । महन्त क्षिप्रानाथले वि.स. १९८१ मा बलबीरासिह थापालाई अवधूत योगी भेष बाहपन्थमा दिक्षित गरेपछि उहाँको सन्यास नाम योगी नरहरिनाथ रखिएको थियो । प्राथमिक तहका सबै पुस्तकहरु कष्ठग्र भइसके पछि थप अध्ययनका लागि योगी छिप्रानाथले नै योगी नरहरिनाथलाई काठमाडौ को मृगस्थलीस्थित गोरखनाथ मठमा लैजानुभयो । मृगस्थलीमा उहाको अध्ययन सम्भव नभएपछि गुरु छिप्रानाथले नै उहाँलाई भारवका विभिन्न शहरहरूमा पठनपाठन गराउनु भयो । योगी नरहरिनाथले हरिद्वार, मायापुरी योगश्रम , लाहौर, सरस्वती संस्कृत महाविद्यालय लुधियाना, गुरुकुल काँडी विश्वविद्यालय हरिवारमा पढनु भएको थियो। उच्च शिक्षाको अध्ययन पूरा गरेपछि उहाँ गौहत्या निषेध आन्दोलन र भारत का स्वतन्त्रता संग्राम सत्याग्रहम सरिक हुनु भयो । मल्तान, शिन्ध, पन्जाव दिल्ली र कलकत्ताका कारागरहरुमा थुनिनु भएको थियो काव्य प्रकाश, सामवेद, व्राहाण अध्ययन गरी वि .सं . १९९७ मा वेदालङ्कार परिक्षा उत्त्ण गर्नुभएको थियो । योगी नरहरिनाथ व.सं.२००४ कार्तिक २० गतेका दिनदेखि मृगस्थली मा स्थापी रूपमा वस्न थालनु भएको थियो । तत्कालिन प्रधानमन्त्री श्री ३ मोहन शमशेरद्वारा निक्कै ठुलो राजर्कीय सम्मानकासाथ उहाँलाई वि.स २००४ पौष ४ गतेदेखि गोरखनाथ मठको पीर महन्तका रूपमा नियुक गरिएको थियोे ।
वि.स . २०१८ पौष वगते सम्म यस पदम योगीजी नै रहनुभयो । तत्कालिन प्रधानमन्त्री श्री३ मोहन शमशेरले योगी नरहरिनाथका लागि गोरक्षपीठः मृगस्थलीको ४ रोपनी क्षेत्रफलको जग्गामा २ वटा आश्रमघर र गौशला बनाइ दिइएका थिए। जसमा उहाँको पुरै व जीवन व्यतित भएको थियो । गोरखनाथमठ का महन्त योगी नरहनाथ भए तापनि उहाँको कार्य व्यस्तताका कारण उहाँले महन्त पदमा रहेर गनुपर्ने सम्पूर्ण कामको जिन्मेवारी आफ्ना गुरु छिप्रानाथ योगीलाई सुम्पनु भएको थियो।
राष्ट्रिय स्वाधिनताका सवालमा पनि योगीजी अत्पन्त सजज हुनुहुन्थ्यो। उहाँले तत्कालिन नेपाल सरकारको निर्णय अनुसार चितवन जिल्ला तारायणगढ बजारभन्दा उत्तरतर्फको नेपालको सास्कृतिक, पुरातात्विक एवम् धार्मिक क्षेत्र भिगको ४२ विगाहा जग्ग भारतीय र संयुक्त राज्य अमेरिकाको वेवर भजिसमा विश्वविद्यालयलाई विकित्सा शास्त्र अध्ययन केन्द्र स्थापना गर्नका लागि निशुल्क दिन निर्णयका विरुद्र सर्वोच्च अदालतमा उप्प्रेरणको आदेश जारी गरि पाउन रिट निवदेन गर्नु भएको थियो । १२९ वटा कोटी होम ४५ वटा लक्ष्य होम र ५ वटा शिवयज्ञहरू सम्पन्न गर्नुभएको थियो । यिनै कोटीहोम यज्ञ गादीका माध्यमबाट बैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वका वारेमा मानव समाजलाई शिक्षित तुल्याउनु भयो । जडिबुटी सरवाधि राम्रो ज्ञान थियो उहाँमा । तेसमा के काम गर्दछु भन्ने बारे जानकारी संगै आफ्ना सहपारीलाई सिकाउने गर्नुहुन्थ्यो ।
काेटीहाेमकै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोग लाई गुरुकुलहरु स्थापना गराउन सहयोग गर्नुभयो। वैदिक दर्शनमा आध्यात्मिक क्रन्तिको सुरुवात गर्नुभयो। संस्कृत भाषा नै अन्य सबै भाषाहरुको जत्ती भाषा भएकोले संस्कृत भाषाको संरक्षण संवर्दन तथा संस्कृत शिक्षाको महत्वलाई जोड दिदै दाङको बेलझुण्डीमा नेपाल सस्कृत विश्वविद्यालय र भारतको गिरीजापुरीमा सरयु सस्कृत विश्व विद्यालयको स्थापना गराउनुभयो ।
मुलुकको यो अवस्थाले गर्द काठमाडौं उपत्यकाभिन्न व्यापक अध्ययन अनुसन्धान हुन सक्यो भने वाहिर पटक्कै सम्भव भएन । त्यसैले बाहिरको इतिहास अझै पनि पूर्ण हुन सकेको छैन । मुलुकको यो दुरावस्या रहेदाका अवस्थामा इतिहास, संस्कृति र पुरातत्वको अध्ययन अनुसन्धानका नियित मुलुक चाहार्न सक्ने साहस कुनै पनि नेपाली विदानहरूले गर्व एकको प्रमाण पाइदैन । यस्तो परिस्थितिमा पनि योगीका न निर्यिक पाईला रोकिएनन । काँधमा झोला भिरेर खोलानाला पहाडपर्वत र वनजङ्गल , जङ्घार छिचोल्दै गाउँ गाउँबाट एतिहासिक एवम् पुरातात्विक सामाग्रीहरु वटुल्टै काठमाँडौ पुऱ्याउने र छात्दै जाने काम वेवल योगी नरहरिनाथले मागै गरेको कुरामा दुईमत छैन।
राष्ट्रगुरु योगी नरहरिनाथज्यूको उधिकांश समय अभिलेश खोज, अनुसन्धान लेखन, सम्पादन आदि काम कार्य भै वित्ने गर्दथ्यो । २०५० साल मा राजपरिषद स्थायी समिति सदस्य पदको सपथग्रहज गराइएको थियो। नेपालको १४ अञ्चल र ७५ जिल्ला पैदले भ्रमण गरेका योगीले भारण , अष्ट्रेलिया, अमेरिका, श्रीलंङ्का र जापानको भ्रमण गर्नुभएको थियो । निष्काम् कार्ययोगमा विश्वास गर्ने सच्चा व्यक्तित्व योगी नरहरिनाथ नेपाली समाजमा सँधै स्मरणीय हुनुहुन्छ। कुनै मार्वल वा शीलामा योगीजीले आफ्नो नाम लेखाउनु भएन । तर उहाँको नाम नेपाली जन्ताको मन मनमा रहेको छ। योगीजीको सद्व्यवहरबाट जोकोही पनि प्रभावित हुन्थे। हाम्रो देशलाई हामीले नै समृद्धि बनाउन सक्नु पर्दछन विदेशी सहायताले हामीलाई विगार्छ। काम गर्दा साना हुन्छु भन्ने भावना राख्नु हुन्न । योगीजी शृषितुल्य हुनुहुन्थ्यो । योगी नरहरिनाथ नेपाली समाजमा सदा अजर अमर हुनुहुन्छ।
जडिबुटी सम्बन्धि राम्रो जानकारी राख्नुहुन्थ्यो कुन ले के काम गर्दछ भन्ने वारेमा आफ्ना सहपारीलाई राम्ररी बुझाउनु हुन्थ्यो ।
नाेट: यहाँ प्रकाशन गरिएका लेख रचना लेखकका नीजि सम्पती हुन् । सम्पादक