दुई समुह विच झडप, १२ जना घाइते ११ जना पक्राउ

कालीकोट–महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन् । वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिन नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद पछि झडप भएको थियो ।
झडप भएको जानकारी पछि त्यहाँ पुगेको प्रहरी टोली माथि युवाहरूले आक्रमण गर्दा तीन जना प्रहरी समेत घाइते भएका थिए । राम्नीका धनजय चौलागाईको घरमा धनराज सहित वर्ष ३३ कि रमिता चौलागाई, वडा नं २ बस्ने वर्ष १६ का सोबिन सुनार, वर्ष २९ का मोहन बिक र राम्नी ७ का राजु सुनार बिच झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण गर्न त्यहाँ पुगेको प्रहरी टोली माथि उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणबाट प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार महेन्द्र शाही, प्रहरी सहायक हवल्दार किशोर रजवार र प्रहरी जवान वीरेन्द्र शाही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीका अनुसार विवाद भएको सूचना पछि पाद्माघाटवाट हवल्दारको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर घटनाका बारेमा जानकारी लिइरहेका बेला मदिराले मात्तिएका युवाले प्रहरी माथि नै आक्रमण गरेका थिए । आक्रमणमा परेका प्रहरीको खुट्टामा चोट लागेको उहाँले बताउनु भयो । प्रहरी माथि आक्रमण भएपछि प्रहरी चौकी पाद्माघाट, प्रहरी चौकी गेला र चिल्खायाबाट बाट हतियार र गोली सहित थप प्रहरी टोली गएर घाइते प्रहरीको उद्धार गरेको केसीको भनाइ छ ।
दुई समूह बिचको झडपमा परेर घाइते भएका महाबै ७ बस्ने वर्ष ४५ का धनजय चौलागाई, वर्ष ३३ की रमिता चौलागाइँ, वर्ष २२ का कमल चौलागाई, महाबै २ बस्ने वर्ष १९ का दीप बिक, वर्ष २४ का सर्जन बिक वर्ष २५ का घमन बिक, वर्ष २७ का करण शाहीको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । उनीहरूको ठाउँको र हातखुट्टामा चोट लागेको छ ।
घटनामा संलन्न भएको आरोपमा ११ जना पक्राउ
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महावै ७ का वर्ष २२ का प्रकाश सुनार, वर्ष १८ का राकेश सुनार, वडा नं २ का वर्ष २४ का हरि कामी, वर्ष २० का लोकेश बिक, वर्ष २१ का प्रकाश काफ्ले, वर्ष २८ का मोहन बिक, वर्ष २४ का वीरेन्द्र बिक, वर्ष २४ का अग्नि प्रसाद काफ्ले, वर्ष २१ का भरत सुनार, वर्ष १८ का नवीन सुनार, वर्ष १९ का जनक बिक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताउनु भयो । पक्राउ परेकाहरु माथि अनुसन्धान सुरु भएको छ ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.