मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

कालीकोटबाट पुजारी पठाइयो

कालीकाेट- प्रत्येक वर्ष जनै पूर्णिमाका दिन लाग्ने बडीमालिकामा मेलाका लागि कालीकोटबाट पुजारी पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटबाट पुजाआजा गरी शुक्रबार फुल,प्रसादी र पुजा सामाग्री सहित पुजारी पठाइएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भयो । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न बडीमालिका आउने गर्द छन् ।

भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडिमालिका पुग्ने गरेका छन् । कालीकोट मान्म बजार बाट रास्कोट, क्षेतडीपाटन, त्रिवेणी हुदै मडिमालिका पुग्न सकिन्छ । त्यहाँ मेलाका समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्द छन् । बडीमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफैं गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि त्रिवेणी पाटनमा एउटा धर्मशाला बनाएका छन् ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button