मिति:- १८ असार २०८२, बुधबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

राष्काेटमा राष्ट्रिय वाणिज्य बैकको शाखा खुल्याे

कालीकोट–राष्काेट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खुलेकाे छ । नगर प्रमुख धर्मराज शाहीले आइतवार एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन गर्नु भएको हो ।
अन्य स्थानीय तहहरु भन्दा जनधनत्व र प्रदेश निर्वाचन क्षेत्र ख को केन्द्रविन्दु राष्टकाेट नगरपालिका भएकाले राष्ट्रिय वाणिज्य बैंकको ४६३ औं शाखा त्यहाँ स्थापना गरिएको छ ।

वित्तीय पहुँच र समावेशिता अभिवृद्धि गर्ने सरकार र राष्ट्र बैंकको नीति अनुरुप पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको नगरप्रमुख धर्मराज शाहीले बताउनु भयो ।
निर्वाचन क्षेत्र ख का आम नागरिकहरुको वित्तिय सेवा,सरकारी कारोबारो, कर लगायतका वाणिज्य कारोबारोलाई ध्यानमा राखी सरकारी वाणिज्य बैंक स्थापना गरिएको छ ।
बैंक स्थापनाका लागि प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाही, तल्कालिन माननीय अर्थमन्त्री जनार्दन शर्मा, रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही, नगर उप प्रमुख मनिराज बराल, जिल्ला स्थित राजनितिक दलका नेताहरु र रास्कोट नगरपालिकाका स्थानीय बासिन्दा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले सहयोग गरेका थिए ।

गाउँमै राष्ट्रिय वाणिज्य बैंक स्थापना भएपछि सरकारी कारोबारो गर्नका लागि सदरमुकाम मान्म जानु पर्ने झन्जट हटेको छ । बैकले आइतबार बाटै कारोवार सुरु गरेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

  1. Wow, superb blog layout! How lengthy have you ever been running a blog for?
    you make running a blog glance easy. The whole look of your site is fantastic,
    as neatly as the content material!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker