रुडुमा फैलिएको ईफ्लुएन्जा-वि भाईरस हो –स्वास्थ्य सेवा कार्यालय कालीकाेट

कालीकोट– असारको तेस्रो हप्ता तिलागुफा नगरपालिका–१० रुडुमा फैलिएको रोग ईफ्लुएन्जा वि भाईरस भएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएकाे छ । त्यहाँको रुडु गाउँमा फैलिएको भाइसरले एक जनाको मृत्यु भएको थियो । १ सय ७८ जना बिरामी परेका थिए ।
गाउँमा सबै बिरामी परेको खबर पाएपछि तत्काल तिलागुफा नगर अस्पताल प्रमुख डाक्टर टंक प्रसाद आर्चाय सहितको स्वास्थ्य कर्मीको टोली र स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा जिल्लाबाट गएको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोलीले रुडु पुगेर बिरामीको चेकजाँच गरेको थियो ।
३ सय ११ जनाको चेक जाँच गरिएको थियो । जस मध्य ९ जनाको रक्त नमुना र १० जनाको स्वाप संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तिलागुफामा फैलिएको रोग ईफ्लुएन्जा वि भाईरस भएको पुष्टि गरेकाे स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयो । यस रोगले बालबालिकालाई बढी असर गर्ने भएकाले सुरक्षित रहन स्वास्थ्य सवा कार्यालय कालीकोटले अनुरोध गरेको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
xyw08y
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.