मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

घरघरमा खानेपानी, खाता खातामा भुक्तानी

  • दान बहादुर बुढा

मुगु- हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिको अवधारणा अनुसार नगरपालिकाको वडा नम्बर चार मा रहेका खामगोईटे बस्तीका नागरिकहरुले घरघरमा धारा, खातामा रकम पाए पछि निकै खुसी भएका छन । बिगतमा धेरै बिकास निमार्णका कार्य गरे पनि समुहमा रहेका ब्यक्तिमा काम गरेको रकम जाने र समितिले हिनाबिना गर्ने समयमा कामको फल नपाउर्ने निकै ठूलो समस्या थियो ।

अहिले यो खानेपानी आयोजनाले सहि तरीकाले काम गरेको रकम कामदारको खातामा आउर्ने घरघर आगनमा खानेपानी र सिचाईको लागी धारा पाउदा निकै खुसी लागेकाे स्थानीय खेम बहादुर भामले बताउनु भयाे । नगरपालिका भित्र रहेको खामगोईटे बस्तीमा खाने पानी कोलागी निकै समस्या देखीएकोहुदा छाँयानाथ रारा नगरपालिका ,युएसआईडी कर्णाली जल परियोजना ,र हिरीसडेक मुगुको लागत साझेदारीमा खामगोईटे बहुउदेश्य खानेपानी सरसफाई स्वच्छता आयोजना सन्चालन गरिएको हो ।

यस आयोजनामा रहेका २२ घर परिवारका १ सय ३३ जना नागरीहरुको स्वास्थ्य ,शिक्षा,रोजगार , आर्यआजनमा परिवतन को लागी घरघरमा खानेपानिका धारा निमार्ण गरिएको हो । यो आयोजनामा छाँयानाथ रारा नगरपालिकाको ५ लाख २० हजार ८ सय , युएसआईडी कर्णाली जल परियोजनाको २२लाख ९० हजार र खामगोईटे खानेपानी सरसफाई उपभोक्ता सस्थाको, ७ लाख २ हजार ७ सय गरी कुल ३५ लाख १६ हजार ६ सय रुपैयाको लागतमा ८ घन मिटर एक १२ घन मिटर एक गरी २ वटा फेरेसिमेन्ट टेयाकी,इन्टेक२ वटा, क्चमेन्ट १ वटा,मुख्या पाईपलाईन१५ सय ७० मिटर ,बितरण २२सय ४० मिटर,ब्याक्तिगत २१ धारा ,सिचाई ४ धारा,जिआई क्रसीङ्ग २० मिटर लगाएतका बिभिन्न क्षेत्रमा आयोजानामा सम्पन्न गरीएको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीन बहादुर रावलले बताउनु भयाे ।

धारा निमार्ण हुनु ठूलो कुरो हाईन यसलाई संरक्षण दिगाेपन राख्नको लागी समुदायका नागरिक र खामगोईटे बहुउपयोगी खानेपानी सरसफाई उपभोक्ता सस्थाका ठूलो जिम्मेवारी भएको देखीन्छ ।

बितका बर्षहरुमा पालिका भित्र सन्चालन हुर्ने जुनसुकै आयोजनामा रकम हिनामिना हुर्ने कामदारले रकम नपाउर्ने गुनासो आएको हुदा अहिले रकम हिनामिना नहुन सबै काम दारले उचित पारिश्रमिक पाउनको लागी कामदारको सिदै खातामा रकम दिने गरीएको खामगोईटे बहुउपयोगी खानेपानी उद्घाटन समारोहमा छाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिस्नु कुमार भामले बताउनु भयाे।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button