मिति:- १२ बैशाख २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका दुई क्याम्पसमा अखिल क्रान्तिकारी बिजयी

कालीकोट– कालीकोटका दुई क्याम्पसमा अखिल क्रान्तिकारीले स्वबियु सभापति जितेकाे छ । जिल्लाको तिला कर्णाली बहुमुखी क्याम्पस र जनचेतना बहुमुखी क्याम्पसमा अनेरास्ववियुलाई पछि पार्दै अखिल क्रान्तिकारीकाे स्वबियु सभापति सहितकाे प्यानल बिजयी भएको हो ।
तिलाकर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह सभापति, नेविसंघका खगेन्द्र पाण्डे सचिव र अनेरास्वबियु समाजबादीमा दिपा शाही कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै जनचेतना बहुमुखी क्याम्पसमा मेहेलमुडीमा अखिल क्रान्तिकारीका पार्वती सञ्याल सभापति, नेविसंघका इलम बम सचिव र प्रकाश देवकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
यहाँको नन्दादेवि महुमुखी क्याम्पसमा नेविसंघका जुनिता बिष्ट सभापति, अनेरास्ववियुका टेक बहादुर बोगटी सचिव र अखिल क्रान्तिकारीका यशोदा शाही कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker