मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कलियोगका मान्छे सति युगलाई कुर्दै

  • पुर्णसिह बम

कालीकाेट-  बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नम्बर ६ तल्लोकाप्री घर भएकी सुर्पना दमाई उपचारका लागिआर्थिक सहारा खोजिरहे की छन् । उनका श्रीमान जैमल दमाई पनि अशक्त छन।श्रीमान जैमल दमाई को उपचारको क्रममा उनका बुवा ससुरा पुरिलाल दमाईले घर जग्गा बेचि सके । भएको केही खेतवारि पनि पहिरोले लग्याे । सुर्पना दमाई कि सौता पनि छिन र उनी पनि किड्नी मा पत्थरीको समस्या लिएर बाचिरहेकी छन । उनको बारम्बार उपचार र एक पटक अप्रेसन सम्म गरिएको छ । अहिले पनि उपचारत छन।श्रीमान जैमल दमाई अपांग र अशक्त छन।
सुर्पना दमाई अहिले दुइवटै आँखा नदेख्ने भएकी छन ।२०७९असार महिना देखि आँखा नदेख्ने भएकी सुर्पना उनको अन्धोत्वको कारणले गर्दा हात र केही शरीरको भाग आगोमा परि जलेको छ ।उनले त्यो उपचार सम्म गर्न सकेकी छैनन् ।
उनी उपचार गर्नका लागि कालिकोटको सेरिज्युला मा गएकि थिइन र बैद्य बैद्यी बाट झार फुक गरिरहेकि थिइन् र सोही समयमा नेपाल सङ्गिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यवस्थाको संग्रचनामा गय पश्यातको दोस्रो स्थानीय निर्वाचन गर्ने प्रक्रियामा थियो सोही स्थानीय निर्वाचनमा मतदान गर्नको लागि उपचारत सुर्पना लाई रु९ २००००दुई हजार भाडा दियर निर्वाचनको मुखमा बाजुरा घरमा ल्याइयो थुप्रै उपचार र आर्थिक सहयोग गर्ने सर्तमा तर आज तिनै उम्मेदवार र नेताहरुले चुनाब जितिसकेपछी औषधि उपचार र आर्थिक सहयोग को त कुरै छोडम् बैद्य वैद्यी सम्म पुग्ने ब्यवस्था गरिदिएनन् ।।
उनका तीन वटा सन्तान छन जेठा छोरा भोकमरी र आर्थिक समस्याका कारण ९१४०चौध बर्षको उमेरमा सोही उमेरको सौतेनी भाइ बोकेर पढ्ने लेख्ने उमेरमा भारत पसेका छन।उनका माइलो छोरा पाँच कक्षामा श्री शम्भुनाथ आस् बि तल्लोकाप्री मा अध्ययनरत छन ।पठनपाठनमा राम्रो भयता पनि एक जोर विद्यालय पोसाक सम्म लगाउने उनको रहर पूरा भएको छैन ।कान्छो छोरा सात बर्षका छन जो अन्धी आमा को साथ दिइरहेका छन ।
सुर्पना दमाई यति सम्म कि दिशा पिसाब पनि कपड़ामानै खुस्काउछिन ।उनी छाप्रो मा दुई छोरा माइलो र कान्छोका साथमा बस्दै आएकी छिन।ती अबोध बालकहरुले आर्थिक स्थितिका कारण थुप्रै रहरहरुको कुर्वानी दिइरहेका छन।यति सानो उमेरमा अति ठुलो संकटको सामना गरिरहेका छन ।सुर्पनालाइ बिहान बेलुका को छाक टार्न समेत गाह्रो परिरहेको छ ।तेहि माथी अन्धत्वको कारण चुपचाप सहन गर्न बाहेक के पो सक्थिन्।।उनको हेरचाह गर्नको लागि आएकी उनकी नन्द पच्चीस बर्षको कलिलो उमेरमा दुई केटाकेटी साथ बिधवा भयकि छिन बिचरि के पो गर्न सक्थिन र ।
सुर्पनाको माइती घर कालिकोटको पलाता गास्पा लार्फ मा रहेको छ ।उनको माइतीमा पनि आफ्नो कोहि छैनन् जसले यो संकटको घडीमा सहयोग गरुन् ।उनको भन्नू त सारा नेपाल र नेपाली हुन जसले उनलाइ नयाँ जीवन दिन सकुन् ।ती कोमल नानीलाई गुणस्तरीय शिक्षा दिन सकुन् ।यिनै एक्लि सुर्पनाको मतले सराप्ने छ तिनीहरुलाई जसले उनको आशा र बिश्वास संग खेले १ र यो अनुरोध गर्दछु ईश्वर संग प्रथाना गर्छु कि यो सरकारी निकायले यो अवस्थालाई गम्भीरतापुर्बक लिने छ र लिउन् ।उनको उपचार र घर खर्च बच्चाहरुको पठनपाठनको जिम्मेवारी लिनेछ ।
स्थानीय सरकार संग आफैले नियम कानुन बनाएर नीति तथा कार्यक्रम लागू गर्ने अधिकार केद्रले सुम्पेको छ तर त्यही स्थानीय सरकारले गरिब , अपांग ,असहाय ,दलित जस्ता निम्न बर्गका लागि कार्यक्रम होइन कि आफ्ना कार्यकर्ताहरु पाल्ने नीति तथा कार्यक्रमहरु लागू गरिरहेका छन ।त्यसैले सुर्पना दमाई जस्ता तमाम नागरिकहरुको सेवा सहयोग गर्नु हामी सबैको दायित्व हो ।याे खबर पढीसकेपछि राजनीतिक दल, सामाजिक अभियानता, बुद्धिजीवी बर्ग लगायत सम्पुर्णले मानवताको हैसियतले सुर्पना दमाइलाइ सहयोग गर्नु हुनेछ भन्ने कुरामा हामीले बिश्वास लिएका छाै‌ ।
सहयोग गर्नको लागि सम्पर्क नम्बर 9866107268, 9748352268
गणेश बहादुर शाही
जगन्नाथ गा‍‍ पा वडा नं ०५ गोत्री बाजुरा हाल काठमाडौं

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button