मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

राष्ट्रपती रनिङ्ग सिल्डका लागि खेलाडीको टोली महाबैमा

कालीकोट– जिल्ला स्तरिय राष्ट्रपती रनिङ्ग सिल्डका लागि नौ वटै स्थानीय तहका खेलाडीको टोली शनिबार महाबै पुगेका छन् । महाबै गाउँपालिका ६ चन्दादेवी मावि कुनीको खेलमैदानमा आइतबार खेल सुरु हुने भएको छ । खेलकुदको उद्घाटन कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा संघिय सासंद मानीय महेन्द्र बहादुर शाहीले गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बताउनु भयो ।

खेल मैदानको ब्यवस्थापन, सुरक्षा ब्यवस्था, अन्यपालिका बाट आउने खेलाडीका लागि उचित बाँस स्थानको ब्यवस्थापन गर्ने कार्यहरु शनिबार साँझ सम्म सकिने वडा नं ६ का अध्यक्ष राजेन्द्र बहादुर थापाले बताउनु भयो । पहिलो पटक महाबै गाउँपालिका मुल आयोजक भएर सुरु गर्न लागियो खेलकुद रोचक हुने जिल्ला खेदकुद बिकास समितिका अध्यक्ष गणेश बहादुर शाहीले बताउनु भयो । खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका लगायत अन्य स्थानीयतहको टोली शनिबार महाबैमा हुने खेलकुद स्थल तर्फ लागेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button