मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

सूचना,संचार र प्रबिधिको विकास अहिलेको आवश्यता हो–सांसद शाही

काठमाडौं– सूचना,संचार र प्रबिधिको विकास अहिलेको आवश्यता भएको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री तथा संघिय सांसद माननीय महेन्द्र बहादुर शाहीले प्रष्ट पार्नु भयो । बिहिबार भृकुटीमण्डपमा इन्फोडेप्लोपर क्यान इन्फोटेक २०२३ डिसहोम फाइवरनेटको अवलोकन गर्न पुगेका शाहीले सो कुरा बताउनु भएको हो । सूचना,संचार र प्रबिधिका क्षेत्रमा क्यान महासंघले ज्ञान,सिप र नविनतम प्रविधि ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । शाहीले सबै स्टलहरु पुगी स्टलहरुको सुष्म अध्यायन गर्नु भएको क्यान महासंघका पुर्व अध्यक्ष नवराज कुवरले बताउनु भयो । सूचना संचार र प्रबिधिका हिसावमा कर्णाली धेरैपछि भएकाले त्यस क्षेत्रमा प्रविधिको विकास गर्न अपरिहार्य रहेको क्यान महासंघका केन्द्रीय सदस्य रामकिशोर रावलले बताउनु भयो । नयाँ प्रबिधिको विकासका लागि सरकारका तर्फबाट खेल्नु पर्ने भुमिका र गर्नु पर्ने सहयोग गर्न आफु तत्पर रहेको सांसद शाहीले बताउनु भयो । सूचना, संचार र प्रबिधि क्षेत्रका एक सय पचास भन्दा बढी स्टल हरेको मेला माघ २९ गते सम्म चल्ने क्यान महासंघका महासचिव चिरन्जीवि अधिकारीले बताउनु भयो ।

https://www.adbl.gov.np/

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button