मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

कालीकोट– कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेकाे छ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते तोके पछि निर्वाचन आयोगको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको हो । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ प्रयोजनका लागि शनिबार जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहने गरी कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख श्री धनजित शाही,सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख, पत्रकार एंव अन्य सरोकारवाला निकायको उपस्थिति हरेको थियो ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button