जुम्ला- घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका-६ जुम्लाकी अन्दाजी २५ वर्षीया बिमला सुनारको माटाेकाे ढिस्कोले पुरिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-४ स्थित मालाभिडमा रहेको माटीखानमा माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि उनी पुरिएकी थिइन् ।
जुम्लाका प्रहरी प्रमुख डीएसपी छेदिलाल कामतीका अनुसार मृत्तक बिमला सुनार सहित ५/६ जना माटो ल्याउन गएका थिए । एक्कासी माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भयाे । अन्य भागेर बाच्न सफल भएका थिए । मृतककाे शव पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।