आजबाट काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु
मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडाै- यसवर्षको क्यान इन्फोटेक आजबाट भएको छ । क्यान इन्फोटेक मेला २०२५ माघ २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप सचालन हुने छ । क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक मेला २०२५ को सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरे बताउनु भयाे ।
‘क्यान इन्फोटेक मेलामा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी र सरोकारवालाहरु बीच गहन छलफल हुनेछ । यस पटक हुने क्यान इन्फोटेकको उद्घाटन स्मार्ट दियोबाट गरिने प्रबन्ध मिलाइएको छ ।
३०औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम रहेको छ ।
क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि (ज्याप) रहेका छन् ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिनेछ । सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका भएका नागरिक, १० वर्ष मुनिका बालबालिका र सरकारी तथा सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था मिलाइएकाे क्यान महासघमा महासचिव चन्द्रविलास भुर्तेलले बताउनु भयाे ।
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम स्टिम शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ, जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्ने छ।
त्यस्तै डेटाबोट पर्सनल एसिस्टेन्ट एआई (DataBot Personal Assistant AI)ले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । LEGO Education Kit एक व्यवहारिक शिक्षण उपकरण हो, जसले विद्यार्थीहरूलाई इन्जिनियरिङ, प्रोग्रामिङ, रोबोटिक्स र समस्या समाधान क्षमतामा सुधार गर्न मद्दत गर्नेछ । यसका साथै विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ ।
क्यान इन्फोटेक मेला २०२५ का लागी करिब १५० स्टल रहनेछन् । यस बर्षकाे इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएकाे छ ।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।