मिति:- २३ भाद्र २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाचार

राष्कोट नगरपालिकाले तयार पार्‍यो स्थानीय पाठ्यक्रम

कालीकाेट- स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ र संविधानले दिएको अधिकार प्रयोग गरी राष्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुुस्तक तयार पारेको छ। स्थानीय पाठ्यक्रम निर्माण मस्यौदा माथि बृहत् छलफल २०८० जेठ ११ गते गरेको थियो । स्थानीय पाठ्यक्रम निर्माण मसौदा माथी छलफल भएको ४ महिना पछि पुस्तक सार्वजनिक गरेको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिनुभएको छ ।

“हाम्रो राष्कोट, हाम्रो पहिचान” नामको पाठ्यपुस्तक तयार पारेर हिजो नै बिधालय स्तरमा नगर सरकारद्वारा बितरण गरेको बताउनु भएको छ । कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरिएको नगर सरकारले जनाएको छ। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै रास्कोट नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेर बितरण गर्न गरिएको हो ।

पुस्तकमा १० बर्षे जनयुद्ध, शहिद, घाइते अपाङ्गकाे वारेमा पनि पाठ पढाउने भएको छ । ऐतिहासिक धार्मिक स्थल, पर्यटकीयस्थल, नगरपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, कृषि तथा त्यसको सम्भावना लगायतका बारेमा उल्लेख गरिएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भएको छ।

https://www.adbl.gov.np/

पुर्णसिह बम

पत्रकार पुर्णसिंह बम कालीकोटमा बसेर फोटो पत्रकारीता गर्नु हुन्छ ।

Related Articles

One Comment

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button