मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबर

बेपत्ता भनिएकी गीता नेपालगंजमा भेटिन

कालीकोट– बिहिबार राती खाँडाचक्र नगरपालिका १ नावगैरा कोठाबाट बेपत्ता भएकी भनिएकी गीता जैसी शाही र उनका ४ बर्षिया छोरा नेपालगजमा भेटिएका छन् । बेपत्ता भएको सूचना प्राप्त हुना साथ प्रहरीले खोजतलास गरिरहेका र खोजतलासकै क्रममा नेपालगंज एक होटलमा सकुसल प्रहरीले भेटाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो ।
पतिसँगको झगडापछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरा कोठामा बस्दै आएका थिए । गीता दैलेख भगवतीमाई ५ कट्टी घर भइ मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेको हुन् । पारिवारिक हिसा बढ्दै गएपछि गीता अलग बस्दै आएकी छन् ।
बिहबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता भएको माइती पक्षले प्रहरीमा बताएका थिए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button