कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, कालीकाेटमा देउडा खेल हुदै

कालीकाेट- कर्णाली प्रदेश सरकारले आज साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनु भयाे।
प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिइएको छ। २०८१ चैत १७ गतेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो ।
आजै कालीकोट जिल्लामा मौलिक पहिचान, भाषा र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् देउडा कार्यक्रम आयोजना गरिएकाे छ। देउडा संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा आज र भाेली दुइ दिन जिल्ला समन्वय समितिको खुला मञ्च, मान्ममा देउडा कार्यक्रम हुने भएकाे छ।