मिति:- २८ असार २०८२, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग सूचारु

कालीकोट–कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड अन्तरगत तिलागुफा नगरपालिका ६ गोठीभिरमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग सुचारु भएको छ ।

सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय कालीकोटको पहलमा रागमार्ग सुचारु गरिएको हो । भिरालो जमिनमा ग्यामीन भरेर बनाएको सडक पहिरोले लगेपछि ठुला यातायातका साधनहरु ओहोर–दोहोर गर्न निकै कठिनाइ भएको थियो ।

सडकको चट्टानी खण्ड बलाष्टिङ्क गरेर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । असार २० गतेको अविरल बर्षका कारण पहिरो गइ सडक अवरुद्ध भएको थियो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker