मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसुचना प्रबिधी

नेपाललाई आईटी हबको रूपमा चिनाउन मन्त्री गुरुङकाे आह्वान

काठमाडाै- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आईटी हबको रूपमा चिनाउन आह्वान गरेका छन् । बिहीबार क्यान इन्फोटेक २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास लिएकाे मन्त्री गुरुङले बताए । मन्त्री गुरुङले निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गर्दै सरकार आवश्यक नीतिगत र कानुनी वातावरण बनाउन तयार रहेको बताए । “तपाईँहरू मेहनत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आईटी हबको रूपमा चिनाऔँ” उनले भने ।

 सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले अध्यादेशमार्फत केही प्रयास गरेको भए पनि त्यो पर्याप्त नरहेको मन्त्री गुरुङले स्वीकार गरे । साथै, साना आईटी उद्यमीहरूलाई थप प्रोत्साहन गर्नुपर्ने मन्त्री गुरुङकाे धारणा राखेका थियाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker