ताजाखबरमुख्य खबरसमाजस्थानीयस्वास्थ्य खबर
हेलिकप्टर मार्फत सुत्केरी महिलाकाे उद्दार

कालीकाेट- लामो प्रशव व्यथा पछि बच्चा जन्मन नसक्दा दैनिकर स्वास्थ्य चौकीबाट पलाँता गाउँपालिका ७ की २१ बर्षिया केशपुरा बमकाे उद्दार गरिएकाे छ । नेपाली सेनाकाे हेलिकप्टर मार्फत बमलाइ प्रदेश अस्ताल सुर्खेत लगिएकाे कालीकाेटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताउनु भयाे ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा हेलिकप्टर मार्फत गरिने उद्दारले धेरै महिलाहरु ज्यान बच्ने गरेकाे छ । सरकारले २०७५ साल देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थाका महिलाहरुलाइ उद्दार गदै आएकाे छ ।