मिति:- २९ मंसिर २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाचार

रास्कोटलाई साक्षर पालिका घोषणा

कालीकोट– रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । शुक्रबार रास्कोटमा आयोजित एक कार्यक्रमका बीच  नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर  पालिका घोषणा मापदण्डका सबै सूचकहरु पूरा भएपछि साक्षर पालिका घोषणा गरेकोे हो ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता र नगरप्रमुख धर्मराज शाहीको सभाअध्यक्षतामा  घोषणा सभा गरिएकाे हाे । घोषणा कार्यक्रममा राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो ।

साक्षर नगरपालिका घाेषणा सभाकाे उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख धाजित शाही ।

प्लान इन्टनेश्नल नेपाल, सादा नेपाल, हुरुन्डेक नेपाल,किर्डाक नेपाल, स्याक नेपाल लगायतका विभिन्न साझेदार संघ संस्थाको सहयोग रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । ५ बर्ष देखि ५९ वर्ष उमेर समूहका जनसंख्याकाे ९५ प्रतिशत नागरिक साक्षर भएकाले रास्काेट नगरपालिका लाइ साक्षर नगरपालिका घाेषणा गरिएको छ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker