काठमाडाै- युवा देशको मेरुदण्ड हुन् । भविष्यका कर्णधार र वर्तमान समयको विकास साझेदार हुन्। विकास एवं परिवर्तनको संवाहको शक्ति र सामर्थ पनि यिनै युवाहरुले बोकेका हुन्छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९९ को अगस्ट १२ तारिख देखि अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाउन थालिएको हाे। नेपालमा भने सन् २००४ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरु गरिए हो। युवाहरू स्वभावले ऊर्जाशील सकारात्मक, परिवर्तनका उत्प्रेरक र परिवर्तनका संवाहक शासन प्रणालीको यो वित्तीय अन्तरसम्बन्धको प्रभावकारिता वृद्धि गर्न स्थानीय तहको बजेट र योजना निर्माणमा सहभागिता वृद्धि जनमुखी बजेट र योजनाको निर्माण गर्न सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न संघीय सुशासनका आयामहरुमा पारदर्शी बनाउन तथा आर्थिक सुशासन अभिवृद्धि गर्न युवाहरूको भूमिका सदा सर्वदा अपरिहार्य रहने गर्दछ l
युवा जनशक्ति संसारको सबै देशहरूको आर्थिक सामाजिक र राजनीतिक रूपान्तरण गर्न सम्भव हुन भन्ने कुराहरु नेपालका राजनीतिज्ञले पनि त्यसै अनुरुप बुझ्न जरुरी छ सामाजिक र राजनीतिक रूपान्तरण समेत गर्ने युवा जमातलाई एकताबद्ध गराई देशको विकास लगायतका अन्य कामहरुमा युवा शक्तिलाई परिचालन गर्न सक्नुपर्दछ नेपालको संविधान २०७२ ले राज्यको निर्देशन सिद्धान्त रणनीति अन्तर्गतको धारा ३५ (२०) मा राज्यका नीतिहरुमा युवा जनशक्तिलाई देश विकास कार्य मा परिचालन गर्न विशेष नीति अवलम्बन गर्ने व्यवस्था गरेको छ। उक्त नीति व्यवहारमा उतारेर युवाहरुले गरिरहेका हरेक क्षेत्रमा राज्यको ध्यान पुग्नुपर्दछ। युवा समय भनेको जोस जागर र सिर्जना र रचनात्मक कार्यहरू मार्फत समाज र त्यसका लागि योगदान दिन सक्ने समय हो। तर नेपालमा भने युवा मैत्री व्यवस्था अझै बन्न सकिरहेको छैन युवाहरू भनेको नवरत्न संसार हुन् यिनीहरूको विकास भनेकै राष्ट्रको विकास हो। आजका युवा भोलिका कर्णधार हुने हुँदा युवामा गरिएको लगानीको दीर्घकालमा फाइदा पुगे देश विकास हुन जान्छ गरिबी बेरोजगारी असमानता विभेद कुपोषण भोक र अभाव हट्न गई अमन चैन कायम हुन जान्छ। सुशासन पुग्दछ नागरिक खुसी र सुखी हुन पुग्छन् वास्तवमा संसारका मान्छेले चाहेको पनि यही हो l
गाउँहरूमा आजभोलि पहिले जस्तो युवाहरूको संख्या पाक्लो देख्न पाइँदैन। हाम्रो देशका युवाहरू गएका दशकदेखि रोजगारी र अध्ययनका लागि सम्भावना को खोजी गर्दै विदेश जाने क्रम झन् झन् बढेको छ संसारले युवाको महत्त्व बुझेर ठुलठुला कार्यहरू विकासका लहरहरू युवाबाट लिरहँदा नेपालले आफ्ना युवा शक्तिलाई देशभित्रका विभिन्न सम्भावनायुक्त क्षेत्रहरुमा अझै अटाउन सकिरहेको छैन l हाम्रा युवाहरू कतार मलेसिया कोरिया र जापान लगायतका अन्य मुलुकहरूमा पसिना बगाइरहँदा यता गाउँमा मलामी सम्मको जनशक्ति हम्मेहम्मे का समाचार माध्यममा आइरहन्छन् वैदेशिक रोजगारीबाट आएका रेमिटेन्सले त्यसलाई आर्थिक लाभ दिइरहेको नै छ युवा दिवस आयो तर युवाका दिन आएनन् अझै पनि आएको छैन युवाका विभिन्न अधिकारहरू सही रूपमा सम्बोधन गरी राष्ट्रिय विकासमा मूल प्रवाहीकरण गर्ने तर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरू बाट निर्देशित हुनु पर्दछ l
राष्ट्र निर्माणमा युवाको सिर्जनशीलता सीपयुक्त उद्यमी र जिम्मेवारी नागरिकको रुपमा विकास हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ। राष्ट्रिय युवा नीति २०६६ र युथ भिजन २०२५ र राष्ट्रिय युवा परिषद गठन भई युवाका विषयमा केन्द्रित भई कार्य गर्ने गरी सबैले तदनुरूप बनेपनि युवा परिषद् थप जिम्मेवारी हुनुपर्दछ। आर्थिक रुपमा क्रियाशील युवा विदेशिनुको कारण धेरै हुन सक्छन्। त्यसमध्ये बेरोजगारी समस्या युवा विदेशीनुको मुख्य कारण हो। नेपालको शैक्षिक प्रणाली अझै पनि परम्परागत एवं अव्यवहारिक रहेकाले जीवन उपयोगी ज्ञान सीप र दक्षताको अभाव छ। सोही कारण अधिकांश युवा स्वरोजगार बन्न सकेका छैनन् युवा स्वरोजगार बन्न नसक्दा विदेशिन बाध्य छन् अहिलेको शिक्षा प्रणाली वैज्ञानिक हुनुपर्दछ आत्मनिर्भर बन्ने जनशक्ति उत्पादन हुनुपर्दछ त्यसकारण वर्तमान पाठ्यक्रम बदलेर सीपमूलक र व्यवहारिक बनाउने तर्फ लाग्ने हो भने अहिले विदेशिन हतार मान्ने युवा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सोच जागृत हुने थियो।
नेपालमा फेरिरहने सरकारले युवाको जीवनस्तर फेर्नेतिर ध्यान पुर्याएका होलान् कि नहोलान् आर्थिक वर्ष २०८०/८१ मा ७ लाख भन्दा बढी नेपाली विदेश गएका छन्। युवा जनसङ्ख्याको ठूलो हिस्सा हुनुलाई देशको सामर्थ एउटा बलियो पक्ष मान्न सकिन्छ जीवनको सबैभन्दा उर्जाशील समय भएपनि नेपाली युवाहरूको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अर्ध बेरोजगारी भएको छ नेपाली युवाहरूमा सकारात्मक सोचको विकास गराउने आफ्नो देशभित्रै सम्भावना देखाउने आफ्नै देशको सम्भाव्यताको क्षेत्रभित्र रहेर युवाको आर्थिक समृद्धि र विकासको लक्ष्य राखी देशव्यापी रुपमा युवालाई उद्यमशीलताको मार्गदर्शन गराउन परामर्श तथा उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम युवालाई उद्यमका लागि सक्षम बनाउन सरकारले विशेष ठोस पहल चाल्नुपर्दछ।