मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

आगोले जलेर बाबु–छोरी घाइते

कालीकोट– खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाबु–छोरी घाइते भएका छन् ।

शुक्रबार दिउँसो गाउँनजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमुख पोषण थापाले बताए ।

चौलागाईका बाबु–छोरी सामुदायिक वनमा बाख्रा चराउन गएका थिए । उनीहरु आफ्नो बाख्रा जले–नजलेको हेर्दै आगो उनीहरुलाई आगोले पोलेको हो । शरीर जलेर घाइते बाबु–छोरीलाई उपचारका लागि शनिबार जिल्ला अस्पतालमा मान्म ल्याइएको थियो । नन्दराम चौंलागाईको शरीर ६० प्रतिशत र हेमन्तीको शरीर ७० प्रतिशत जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा प्राथमीक उपचार गरे पछि थप उपचारका लागि स्वास्थ्य कर्मी सहित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker