मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशखेलकुदताजाखबरमनोरञ्जनमुख्य खबरसमाचार

क्षेतडी पाटनमा स्की तालिम संचालन

कालीकोट–प्रसिद्ध क्षेतडी पाटनमा स्की खेल सम्बन्धी आधारभुत तालिम सञ्चालन गरिको छ । महत्वपूर्ण पर्यटकीय क्षेत्र क्षेतडी पाटनमा स्की–स्नोबोर्ड सम्बन्धी आधारभुत तालिम  साेमबार बाट स‌चालन भएकाे छ । कर्णालीमा पहिलो पटक नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा स्की–स्नोबोर्डसम्बन्धी आधारभुत अभिमुखिकरण तालिम गर्न लागिएको हो । राष्कोट नगरपालिका र नेपाल माउन्टेन एकेडेमी संगको समन्वयमा तालिम संचालन गरिएको कर्णालीमा पर्यटन पर्वद्धनका क्षेत्रमा कार्य गरीरहेका युवा मनराज सिम्खाडाले बताउनु भयो । तालिमको सहआयोजक नेपाल एसोसिएसन कर्णाली प्रदेश रहेको छ ।

समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको क्षेतडी पाटनमा स‌चालन गरिएकाे तालिम चैत्र ४ गते सम्म सञ्चालन हुने छ । तालिम संचालनका लागि तीन जना प्रशिक्षक, २० जना सहभागी र अन्य सहित ६० जना क्षेतडी पाटनमा पुगेको युवा पर्यटन ब्यवसायी धर्मेद्र शाहीले बताउनु भयो ।
स्कीलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मान जनक उपस्थितिका लागि यस प्रकारको महोत्सव तथा तालीमले सहयोग पुग्ने आयोजकको दाबी छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker