मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

खाँडाचक्र नपरपालिकाले ३ लाख ८० हजार राहत दिने निर्णय

कालीकोट– खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका बाबु–छोरीलाई उपचारका लागि ३ लाख ८० हजार रकम राहत दिने भएको छ ।

शुक्रबार दिउँसो गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उनकी छोरी हेमन्ती चौलागाई आगोले जलेर घाइते भएका थिए ।
घाइते बाबु–छोरीको जिल्ला अस्पताल कालीकोटमा उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रेफर गरिएको थियो । जुम्लामा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।

चौलागाईका ५१ वटा खसी बाख्रा जलर नष्ट भएका छन् । शनिबार बसेको नगरकार्यपालिका बैठकले चौलागाईको उपचारका लागि उक्त राहत दिने निर्णय गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंङ्ग शाहीले बताउनु भयो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker