मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारस्थानीय

कर्णाली प्रदेश अस्पतालमा डाइलासिस सेवा सुरु

कालीकोट– प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिम भएका मृगौला बिरामीहरुका लागि डाइलासिस सेवा सुरु भएको छ ।

प्रदेश अस्पतालको १८ औं स्थापना दिवसको अबसरमा निर्देशक प्रा.डा. डम्बर खड्काले सेरो पोजेटिभ भएका मृगौला बिरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याइएको बताउनु भयो ।

प्रा.डा. खड्काले धोषणा गरेको ५ दिनमै डाइलासिस सेवा संचालनमा आएको छ । प्रा.डा. खड्काका अनुसार नेपालमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाहेक अन्य ठाउँमा यो सेवा उपलब्ध छैन ।

सेरो पोजेटिभ मृगौलाका बिरामीहरुको लागि डाइलासिस सेवा सबै ठाउँमा गर्न मिल्दैन । यो सेवा दिन चाहने अस्पतालले स्वास्थ्य सेवा विभागबाट स्वीकृत लिई संचालन पर्छ । डाइलासिस सेवा संचालन गर्दा जनशक्ति र भवन समेत छुट्टै चाहिन्छ । कर्णाली प्रदेश अस्पतालले सबै प्रक्रिया पु¥याएर संचालनमा ल्याइएको अस्पतालका निर्देशक खड्काले बताउनु भयो ।

हेमो डाइलासिस सेवा ७ बर्ष अघि देखि संचालनमा छ । सेरो पोजेटिभ भएका मृगौला विरामीहरुले डाइलासिस गर्न महंगो रकम खर्च गरेर काठमाडौंमै जानु पर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश अस्पतालले आफ्नो १८ औं स्थापना दिवसमा डाइलासिस सेवा संचालनमा ल्याउने घोषणा गरेको थियो ।
सेरो पोजेटिभ मृगौलाका विरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याउने नेपालको यो पहिलो प्रादेशिक अस्पताल हो ।

के हो ? सेरो पोजेटिभ डाइलासिस सेवा

डाइलासिस सेवा भनेको रगतका माध्यमबाट सर्ने जुनसुकै रोगलाई सेरो पोजेटिभ भनिन्छ । जस्तै हेपाटाइटिस ए वा सी पोजेटिभ भएका विरामी, एचआइभि पोजेटिभ भएका विरामीहरुमा मृगौलामा समस्या आइ उनिहरुलाई डाइलासिस गर्नु पर्ने भयो भने उनिहरुलाई सेरो पोजेटिभ भनिन्छ ।

यो रगतका माध्यमबाट सर्ने रोग रोग हो । यसको लागि तालिम प्राप्त जनशक्ति चाहिने हुन्छ । प्रदेश अस्पतालले डाइलासिस सेवा सुरु गर्नु पुर्ण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य स्वास्थ्यकर्मीहरुलाई उपयुक्त तालिम प्रदान गरेको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button