मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कालीकाेटकाे सुन्थराली बिमान स्थल उद्घाटन गर्ने तयारी

कालीकोट– यहाँको एकमात्र सुनथराली विमानस्थल फागुन १४ गते उद्घाटन हुने भएको छ । २०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो । बिमान स्थलको उद्घाटनका लागि यस भन्दा अघि तीन पटक समय तोकीए पनि बिभिद् कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रबक्ता प्रदिप बोहोराले बताउनु भयो । बिमान स्थलको उद्घाटनका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको बताइएको छ ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको थियोे । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराति द्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button