मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षास्थानीय

महाबैमा वक्तित्वकला आयोजना

कालीकोट– विजया दशमी तथा शुभदिपावलीको अवसरमा महावै गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले बक्तित्वकला प्रत्योगिता कार्यक्रम सम्पन्न गरेको छ । इको हिमाल नेपालको आर्थिक सहयोगमा शाखाले संविधानका मौलिक हक र नागरिक कर्तब्यका बिषयमा माध्यामिक बिद्यालय स्तरिय बक्तित्वकला प्रत्योगिता कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिका भित्रका ६ वटा माध्यामिक बिद्यालय सहभागी भएका छन् ।

छात्रा तर्फ अस्मिता सिंह प्रथम, समिक्षा सिंह दृतिय, विनिता सिंह तृतीय र सम्झना सुनारले सान्त्वना स्थान हासिल गरेका छन् । त्यस्तै छात्र तर्फ सुशिल भट्टराई प्रथम, नरेश कठायत दृतीय, टोपन्द्र शाही तृतीय र गोबिन्द सिंहले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा शिक्षक, बिद्यार्थी, अभिभावक र सहयोगी संस्थाका कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रमाण पत्र र पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रम तिला नमुना माध्यामिक बिद्यालय गैराखाडामा गरिएको थियो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker