
कालीकोट– सामुदायिक विद्यालयको शैशिक गुणस्तर सुधार गर्न सान्नीत्रिवेणी गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट बिद्यालय प्रधानाध्यापक छनौट सुरु गरेको छ । सान्नीत्रिबेणी खुल्ला प्रतिस्पर्दाबाट प्रधानाध्यापक छनोट गर्ने कालीकोटको पहिलो स्थानीय तह बनेको छ ।
यस अघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने ब्यवस्था थियो । प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप गर्नेे परिपाटीको अन्त्य गर्न सान्नीत्रिवेणी गाउँपालिकाले खुल्ला प्रतिस्पर्धा गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो ।
सिकाइ र सुझावका आधारमा प्रस्तावित शिक्षा ऐनमा संघिय सरकारले खुला प्रतिस्पर्धावाट प्रधानाध्यापक नियुक्ती गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने ब्यवस्था गरेको छ ।
सान्नीत्रिबेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । खस्किँदै गएको शैक्षिक गुणस्तर र सामुदायीक बिद्यालयको ब्यवस्थापनका लागि पालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । यसरी प्रधानाध्यापक चयन गरेपछि सामुदायीक बिद्यालयको सिकाई उपलबब्धी र सामुदायीक बिद्यालयको ब्यवस्थापनमा सुधार आउने सान्नीत्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहनबिर धामिले बताउनु भयो ।
सान्नीत्रिबेणी गाउपालिकाले बनाएको शिक्षा ऐन अनुसार बिद्यालय शिक्षा सुधारका लागि प्रधानाध्यापक परीक्षा प्रणालीवाट चयन गर्ने नीति लिएको छ । प्रधानाध्यापक छनोटका लागि गरिएको बिज्ञापनमा ३४ जना शिक्षकले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २७ जना परिक्षामा सामेल भए । परिक्षा दिएका मध्ये ५ जना माबि र ६ जना आधारभुत तहमा सफल भएका छन् ।
प्रधानाध्यापकका लागि योग्यता, अनुभव, विद्यालय विकास प्रस्ताव, लिखित र मौखिकका उत्तिर्ण भएको लगायत बिषयलाई आधार मानेर जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुखको सहभागितामा परीक्षा लिइएको हो । गाउँपालिका भित्रका माबि र आधारभुत गरि ३० बिद्यालयका प्रधानाध्यापक खुला प्रतिस्पर्धावाट चयन हुने भएका छन् ।
प्रधानाध्यापक हुनलाइ राहात र स्थायीमा कार्यरत भएको, कार्यसम्पादन र लिखित मौखिक अन्तरवार्तामा सफल भएको ब्यक्ति हुने ब्यवस्था गरिएको छ ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.