मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

महावैका सबै घरधुरीको वीमा गरिदै

कालीकोट– महाबै गाउँपालिकाले यसै बर्ष गाउँपालिका भित्रका १ हजार ६ सय घरधुरीको वीमा गर्ने भएको छ । बाढी पहिरो, आगलागी तथा अन्य विपद्बाट हुने जोखिम कम गर्न गाउँपालिकाले सबै घरधुरीको वीमा गर्ने कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशी र गाउँपालिका अध्यक्ष सिंहले गाउँपालिकाका सबै घरधुरीको वीमा गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । घरको मुल्याङ्कनका आधारमा वीमा रकम निर्धारण गरिने भएको छ । बार्षिक रुपमा गाउँपालिकाले वीमा कम्पनीलाई तिर्नु पर्ने न्युनतम वीमाशुल्क रु ५ सय ८७ रुपैया ६० पैसा भन्दा बढी वीमा शुल्क आएमा बाँकी वीमा शुल्क सम्बन्धीत घरधनीले तिर्ने ब्यवस्था गरिएको छ । महावै ३ नकु गाउँमा २०७७ साउनमा पहिरोले घरपुरिदा एकै घरपरिवारका ६ जनाको ज्यान गएको थियो । कालीकोटमा सबै घरधुरीको वीमा गर्ने महावै पहिलो गाउँपालिका हो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button